जसपा, नेपालको केन्द्रीय समितिको प्रथम बैठक सम्पन्न

गत १ र २ भाद्र २०७८ का दिन जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको प्रथम ऐतिहासिक बैठक सम्पन्न भयो ।

उक्त बैठकमा पार्टी कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिका सबै सदस्यहरूलाई शपथग्रहण गराउनु भयो । पार्टीका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक कुमार राईले बैठकलाई निर्देशनात्मक सम्बोधन गर्नुभयो । यस बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणको कामलाई द्रुत गतिका साथ अगाडी बढाउँदै वैचारिक राजनीतिक अभिमुखीकरण तथा जनतामा जागरण ल्याउनका लागि ‘पार्टी सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको समेत शुभारम्भ गरेको छ । बैठकमा देशको वर्तमान परिस्थिति र पार्टीको कार्यदिशाबारे पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्नुभयो सुझाव सहित पारित भयो ।

बैठकको अध्यक्षता कार्यकारिणी अध्यक्ष यादवले गर्नुभएको थियो ।

वर्तमान परिस्थिति र हाम्रो कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू >>