काठमाडौं, २ जेठ २०८२ । जनता समाजवादी पार्टीका अध्यक्ष एव पूर्वमन्त्री अशोककुमार राईले निजामती कर्मचारीमा दलगत ट्रेड युनियन राख्दा विकृति बढेको बताउनु भएको छ । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकको छलफलमाथि भाग लिँदै वहाले दलगत ट्रेड युनियनकै कारण आफूले खरदारले सहसचिवलाई सचिव बनाउन डोहोर्याएर लिएर हिँडेको देखेको सुनाउनु भयो ।
वहाले ‘टे«ड युनियनको मामलामा अलिकती स्ट्रिक नै सोच राख्ने मैले राय पनि प्रस्तुत गरेको हो । खरदारले सहसचिवलाई सचिव बनाउन डोहोर्याएर हिँडेको मेरो आँखाले देखेको भन्ने कुरा पनि मैले रेकर्ड गराएको छु, । यो ऐन बन्दाखेरी मलाई खुसी लागेको कुरा के छ भने ढिलो भने तर अहिलेसम्म हाम्रो प्रशासन संयन्त्रभित्र देखिएका समस्या माथि समितिको नजर परेको छ,’– उनले भने ।
उनले एउटै आधिकारिक ड्रेड युनियन राखिनु उपयुक्त हुने र नायव सुब्बासमेतले सहभागी हुन पाउने व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । ‘ट्रेड युनियनको मामलामा आधिकारिक ड्रेड युनियन एउटा हुने, नायव सुब्बासम्मले सहभागी हुन पाउने गरी गरौं भन्ने कुरा मलाई लागेको हो । त्यो तहमा आएन । सरकारलाई ठूला दलहरुलाई समस्या पर्र्यो होला भन्ने मलाई लाग्छ,’– अध्यक्ष राईले भन्नु भयो ।

Leave a Reply