जसपाले सार्वजनिक गर्याे स्थानीय तह निर्वाचन-२०७९ घोषणा-पत्र (भिडियो सहित)

काठमाडौं, ११ वैशाख २०७९ । जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचन–२०७९ को घोषणा-पत्र सार्वजनिक गरेको छ ।

घोषणा-पत्र सार्वजनिक कार्यक्रममा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले सम्बोधन गरे ।

जसपा नेपाल स्थानीय तह निर्वाचन-२०७९ परिचालन मूल समितिका संयोजक समेत रहेका वरिष्ठ नेता राईले दुई खण्डमा लेखिएको घोषणा-पत्रका विषयवस्तुबारे जानकारी गराए ।

सोपछि अध्यक्ष यादव र भट्टराईले समेत थप प्रष्ट पारे । पत्रकारहरुको प्रश्नको जवाफ दुई अध्यक्षले नै दिएका थिए ।

अल्फाबेटा व्याङ्क्वेटमा आयोजित कार्यक्रममा विभिन्न मिडियाका पत्रकारहरुका साथै जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्य हिसिला यमी, दुर्गा सोव, केन्द्रीय सदस्यहरु लगायत नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति थियो ।

स्थानीय तह निर्वाचन-२०७९ परिचालन मूल समिति अन्तर्गत प्रचार प्रसार समितिकाे संयाेजक प्रकाश अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन समितिका सचिव तथा केन्द्रीय सदस्य पूर्ण बस्नेतले गरेका थिए ।

news courtesy: salpaonline.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*