जसपा पुनर्गठन : केन्द्रीय समिति ४६६, राजनीतिक समिति १५१ (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समिति र राजनीतिक समिति पुनर्गठन गरेको छ ।

केन्द्रीय समिति ४६६ सदस्यीय र राजनीतिक समिति १५१ सदस्यीय बनाएको छ ।

गत असार २९ र ३० गते मधेस प्रदेशको वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।

जसपाले संघ र प्रदेशको निर्वाचनको लागि सातै प्रदेशमा संसदीय बोर्ड गठन गरेको छ ।

जसले पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्ड निर्माण गर्ने, सम्भावित उम्मेदवारहरुको सूची बनाउने र सिफारिस भएर आएका नामहरुबाट उम्मेदवार छनोट गरी केन्द्रीय कार्यकारिणी समितिमा पेस गर्नेछ ।

जसपाले सबै प्रदेशमा काम गर्ने गरी निर्वाचन तयारी अभियान सचिवालय समेत निर्माण गरेको छ । जसको जिम्मा अलगअलग प्रदेशमा अलगअलग व्यक्तिलाई दिइएको छ ।

बैठकले विधान अधिवेशनबाट विधान पारित नहुँदासम्मका लागि विधान संशोधन गरी केन्द्रीय कार्यकारिणी समिति ५३ सदस्यीय रहने निर्णय गरेको छ ।

सो अघि ५२ सदस्यीय थियो ।

वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन जसपाले गत साउन १८ गते पार्टी मातहतका संगठन तथा नेताहरुलाई परिपत्र गरेको थियो ।

Leave a Reply

Your email address will not be published.


*