विज्ञप्ति जिम्मेवारीबाट हटाइएको बारे ।

मिति २०८२।१०।१९ गते । विज्ञप्ति । आगामी निर्वाचन २०८२ फागुन २१मा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल संयुक्तरुपमा एकल चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा जाने निर्णय भएको सबैलाई जानकारी भएकै कुरा हो । निर्वाचन आयोगमा यसै अनुरुप दर्ता गरेर चुनाव चिन्ह लिई उम्मेदवारहरु समेत अहिले देशभर चुनावी मैदानमा रहेका छन् । तर नेपालगञ्ज उपमहानगरपालिका ५ बाँके निवासी जनता समाजवादी पार्टीका महासचिव मोहमद ईस्तियाक राईले भने आश्चर्यजनक रुपमा एमाले पार्टीको चुनाव चिन्ह सुर्यमा उम्मेदवारी दर्ता गरी सोही चिन्हको चुनावी अभियानमा हिडिरहेको हुँदा र निजले लिएको जाँतो चुनाव चिन्हको उम्मेदवार मनोनयन पत्र समेतको दुरुपयोग भएको प्रमाणित भएको हुँदा निजको उम्मेदवारी सुर्य चिन्हमा दर्ता भएकै दिनदेखि लागु हुने गरी निजलाई पार्टीको महासचिव लगायतका सबै जिम्मेवारी र सदस्यता समेतबाट हटाइएको व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।   केन्द्रीय कार्यालय ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*