प्रेस विज्ञप्ति २०७८-१२-१२

मितिः २०७८-१२-१२

प्रेस विज्ञप्ति

मिति २०७८ साल चैत्र १२ गते, बिहान सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरूले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य एवम् जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक मा. प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएका छन् । पार्टी कामको सिलसिलामा गृह जिल्ला पुग्नुभएका मा. साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना घटाइ उहाँ लगायत दर्जनौँ कार्यकर्ताहरू घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी, नेपाल घोर भत्र्सना गर्दछ ।

साथै नेकपा एमालेले यस्ता घृणित र अपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं नेकपा एमाले हुने छ । उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

यस घटनामा माननीय साह लगायत घाइते हुनुभएका सम्पूर्ण घाइतेहरूमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ र उहाँहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ ।

प्रकाश अधिकारी
केन्द्रीय कार्यालय प्रमुख

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*