
पदाधिकारी ज्यु, समिति सदस्य ज्यु, शिल्पी विशेष समिति- (प्रदेश,विशेष जिल्ला), शिल्पी विशेष प्रबास समिति
विषय:- परिपत्र जारी गरिएको बारे
आज २०७८ चैत २६ गतेका दिन जसपा नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता साथै शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका सह इन्चार्ज कमला हेमचुरीको विशेष उपस्थितमा बैठक बाट निम्न निर्णय गरि कार्यनयन गर्न गराउन यो परिपत्र जारी गरिएको छ ।
बैठकका निर्णयहरु:
१, २०७९ बैशाख ३० गते हुने स्थानीय निकायको चुनावलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने भएकाले २०७८चैत २८-२९ गते शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको राष्ट्रिय प्रशिक्षणात्मक भेला लाई २०७८ जेठ २९-३० गते गर्ने निर्णय गरियो ।
२, स्थानीय निकायको निर्वाचनमा शिल्पी समुदायका नेतृत्वलाई यथा सक्दो प्रमुख पदको उम्मेद्बारीका लागि पार्टी बाट टिकट दिएर जित्न जिताउनका निम्ति विशेष पहल गर्ने गराउने निर्णय गरियो ।
३,स्थानीय निर्वाचनमा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका पदाधिकारीहरु,समिति सदस्यहरु,शिल्पी विशेष समिति(विशेष जिल्ला) समितिका नेतृत्व नेताकार्यकर्ता साथीहरूले जो जुन स्थानमा रहनुभएको छ पार्टी कमिटी संग जोडिएर सशक्त रूपमा चुनाव प्रचारप्रसारमा रहेर जसपाका उमेदवार लाई जिताउन प्रत्यक्ष भुमिका खेल्न हुनेछ। साथै शिल्पी विशेष प्रवास समितिले तत्काल बैठक बसि आआफ्नो देश बाट यथासक्दो आर्थिक भौतिक नैतिक रूपमा सहयोग पुर्याउनु समेत अनुरोध गरिन्छ ।
नोट :- स्थानीय निकायको चुनावमा सम्बन्धित समिति र सदस्यहरु आआफुले खेलेको भुमिका र शिल्पी/दलित समुदायको उमेदवारको अबस्था बारेमा रिपोर्टिङ बनाएर समितिको कार्यलयमा बुझाउनु समेत सुचित गराउदै यो परिपत्र जारी गरिन्छ ।
अध्यक्ष दल मर्दन कामी
मुख्यसचिव डिबी नेपाली(दमु)
Leave a Reply