जसपाको विधान अधिवेशन तयारी, संगठनको सुझाव संकलन गर्न जिम्मेवारी तोक्यो

काठमाडौं, ११ जनवरी २०२३, जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ ।

विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । जस अनुसार प्रदेश नं १ बाट खगेन्द्र माखिम, मधेश प्रदेशबाट – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय, भरतबहादुर खड्का, बागमती प्रदेशबाट – विद्युत बज्राचार्य, गण्डकी प्रदेशबाट – धनप्रसाद तामाङ, लुम्बिनी प्रदेशबाट –अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर र राष्ट्रिय समितिहरुबाट – लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामीले सुझाव संकलन गर्नेछन ।

त्यस्तैगरि जनवर्गीय संगठनहरुबाट – रञ्जु ठाकुर, भीम राई, अशेश्वर यादव, गैर भौगोलिक प्रदेशबाट – चन्देश्वर प्रसाद सिंह, मञ्जु अन्सारी र प्रवास विशेष प्रदेश समितिबाट – रामसहायप्रसाद यादवले संकलन गर्नेछन ।

पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*