जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

ताप्लेजुङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा श्री लिङ्खिम उपसचिव अरुण लेछर्वी, सरोज कङ्लिवा रहेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ । पार्टीका केन्द्रीय सदस्य मचिन्द्र बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका उपाध्यक्ष प्रेम वनेम लिम्बुवान राष्ट्रिय समितीका अध्यक्ष जेन्टल लावतीलगायत उपस्थित रहेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*