जसपा सम्बद्ध नेपाली समाज युएईको पाँचौ अधिवेशन सम्पन्न

काठमाडौं, १५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट नेपाली समाज युएईको अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न समितिको पाँचौ अधिवेशनबाट मुम्चे राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा शोभा शर्मा, भूपाल पौडेल महासचिवमा धनकृष्ण राई सचिवमा रञ्जु राई र कोषाध्यक्षमा दीपक गुरुङ निर्वाचित भएका छन् ।

अधिवेशनमा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ र विशेष अतिथिको रुपमा प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङ्गकाजी शेर्पा सहभागी रहेका थिए ।

जसपाको राष्ट्रिय महाधिवेशनको मिति तय भएसँगै मातहत समिति गठन, पुनर्गठन भइरहेका छन् भने प्रवास सङ्गठनहरुको अधिवेशन भइरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*