
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाका लागि संविधानले निर्दिष्ट गरेको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
महाशिवरात्री पर्व २०८०, नेपाली सेना दिवस र ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार शुभकामना दिँदै अध्यक्ष यादवले महिलाविरुद्ध हुने गरेका सबै खालका सामाजिक, राजनैतिक विभेद र उत्पीडनको अन्त्य गरी संविधानले निर्दिष्ट गरेको आधारमा महिलाको हक अधिकार र समान सहभागिताको सुनिश्चितता गर्नु नै आजको आवश्यकता रहेको बताएका छन् ।
महिलाको राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न आ–आफ्नो क्षेत्रबाट एक भएर लाग्न पनि उनले आग्रह गरेका छन् ।
Leave a Reply