जनता समाजवादी पार्टीको विधान र नियमावली वि.स. वि.स. २०८१, ने. सं. ११४४ (सन् २०२४) in pdf file >>>
प्रस्तावना
सार्वभौमसत्तासम्पन्न जनताका हामी प्रतिनिधिहरू नेपाललाई स्वतन्त्र, स्वाधीन, समृद्ध, समानुपातिक समावेशी, लोकतान्त्रिक, धर्मनिरपेक्ष, सहभागितामूलक, सङ्घीय समाजवादी गणतन्त्रात्मक राज्य बनाउने ध्येयप्रति प्रतिवद्ध हुँदै,
नेपालको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राखी समावेशी लोकतन्त्र, शान्ति र अग्रगमनको पक्षमा इतिहासको विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा आदिवासी जनजाति, खस, थारु, शिल्पी÷दलित, मुस्लिम, महिला, पिछाडावर्गलगायत उत्पीडित एवम् शोषित जनताले गरेको सङ्घर्ष, त्याग, बलिदान र उत्सर्गको गौरवपूर्ण इतिहासको स्मरण, सहीदहरूप्रति श्रद्धा एबम् घाइते, बेपत्ता, सहिद परिवार र आमनेपाली जनताप्रति उच्च सम्मान प्रकट गर्दै,
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् विविधतायुक्त राष्ट्रिय पहिचान भएको मुलुक हो भन्ने तथ्यलाई आत्मसात गरी विविधतामा एकता, सहिष्णुता र सद्भावलाई प्रबद्र्धन गर्ने लक्ष्यका साथ सङ्घीय शासन प्रणालीको माध्यमबाट समानता, स्वतन्त्रता, सुशासन, समृद्धि र सामाजिक न्यायको जनआकाङ्क्षा पुरा गर्ने सङ्कल्प गर्दै,
जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, वालिग मताधिकार, वहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, समानुपातिक समावेशिता, संवैधानिक सर्वोच्चता, कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, जनताको आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तता, लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षालगायतका लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै,
नेपाललाई वर्ण व्यवस्था, जातप्रथा, पितृसत्तात्मक संस्कृतिको आधारमा हेर्ने र बुझ्ने जातीय अहङ्कारवादी मनोवृत्ति र दृष्टिकोणविरुद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारमा समाजलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र परिवर्तन गर्ने वैचारिक प्रतिबद्धताका साथ वर्गीय, राष्ट्रिय तथा सामाजिक मुक्ति आन्दोलनलाई एकाकार गरी नेपालमा सङ्घीय समाजवाद ९ँभमभचब िक्यअष्बष्किm० स्थापना गर्ने सङ्कल्प गर्दै,
नेपाली समाजको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि राष्ट्रिय पुँजीको विकास गर्दै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताका आधारभूत आवश्यकताहरूको सुनिश्चितताका साथ मुलुकको विकास, सुशासन, सम्पन्नता र सामाजिक न्यायसहितको अग्रगामी रूपान्तरण तथा समाज विकासको क्रममा विकसित ज्ञान, विज्ञान र प्रविधि समेतको आधारमा सङ्घीय समाजवादी गणतन्त्रात्मक राज्य स्थापना गर्ने रणनीतिक लक्ष्य प्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्ने सङ्कल्प गर्दै,
पार्टीलाई श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रियताहरूको अगुवा राजनीतिक प्रतिनिधि संस्थाको रूपमा विकास गरी समाजवादी अर्थव्यवस्था, राजनीति र संस्कृतिको विकास गर्न प्रतिवद्ध हुँदै संसारभरका उत्पीडित राष्ट्रियता र श्रमजीवि बर्गमाथिको शोषण, उत्पीडन, वर्ण, जात र जातीय÷राष्ट्रिय उत्पीडनका बिरूद्ध विश्वव्यापीरूपमा भइरहेको सङ्घर्ष, सामन्तवाद, साम्राज्यवाद, नव–उपनिवेशवाद, जातिभेद र रङ्गभेद बिरूद्ध भइरहेको आन्दोलन एवम् सङ्घर्षप्रति समर्थन र ऐक्यबद्वता प्रकट गर्दै,
जनताको हीत र समृद्धि नै पार्टीको मुख्य लक्ष्य ठान्दै मानवले मानवलाई गर्ने सवै प्रकारका शोषणको अन्त्य, राष्ट्रिय एकता र समतामूलक समृद्धिका पक्षधरहरूको प्रतिनिधित्व हुने नयाँ राजनीतिक शक्तिको आवश्यकता वोध गर्दै सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व भएको राष्ट्रिय चरित्रको क्रान्तिकारी पार्टी निर्माण गर्न अपरिहार्य भएकाले सन् २०२० अप्रिल २२ (वि.सं. २०७७ वैशाख १० गते) का दिन स्थापना भएको जनता समाजवादी पार्टी ९एभयउभिुक क्यअष्बष्कित एबचतथ० लाई पुनर्गठन गरी यो विधान जारी गरिएको छ ।
परिच्छेद– १
तलको कभर फोटो माथि थिचेर पिडिएफ कपी पढ्नुहोस >>>
Leave a Reply