समाजवादी विद्यार्थी युनियन को भेला सम्पन्न

रमेश यादवको अध्यक्षतामा १७ सदस्यीय पदाधिकारी सहित ११९ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियनले प्रथम राष्ट्रीय भेला सम्पन्न गरेको छ ।

त्रिभुवन विश्वविद्यालय को सेडा हलमा साउन २९–३० गते सम्पन्न भेलाले रमेश यादवको अध्यक्षतामा १७ सदस्यीय पदाधिकारी सहित ११९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुबास लाबुङ ,सन्जय मेवाहाङ , बिशाल आङ्देम्बे, दिपेश यादव , रिता यादव , बरुण यादव चयन भएका छन्। महासचिवमा प्रकाश चाम्लिङ, उपमहासचिव नेम्बर राई, दिनेश दङ्गाल, बलबहादुर रम्तेल छन् ।पहिलो दिनको उद्घाटन सत्रमा प्रमुख अतिथि जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहेको थियो ।

दोस्रो दिन बन्दसत्रमा प्रमुख अतिथि जसपा सङ्घिय परिषद अध्यक्ष अशोक कुमार राईको उपस्थिति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*