
कावासोती,भदौ ३०ः जनता समाजवादी पार्टी, नेपालको मगरात समन्वय समिति गठन गरिएको छ । नवलपुर जिल्लाको कावासोतीमा आयोजित पुनर्गठन तथा विस्तारित बैठकबाट नेत्रबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सु.तेजबहादुर थापा मगर, जीवन खाती, मीमा गुरुङ र चोपलाल रावल रहेका छन । मुख्य सचिवमा राम तामाङ सचिवमा छनौट भएका छ्न । सचिवमा विषम भुजेल, धनबहादुर (डिबिगुरुङ)र गंगाबहादुर थापा मगर रहेका छन ,कोषाध्यक्षमा देव परियार छनौट भएका छन् ।
समितिको सदस्यहरुमा चुडाराम परियार, चिनीमाया दरै, बसन्त थापा, पूर्णबहादुर घर्ती, भीम मगराती, इन्द्र छन्त्याल, खगीसरा राई मगर, दीपा राना, मीना नेपाली, अपसरा ठकुरी, क्या.नरेश थापा, देवीसरा पुलामी मगर, डोरबहादुर महतौ, जसबहादुर गुरुङ र चन्द्रबहादुर थापा लगायत ५१ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिती गठन भएको छ।
पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापा मगर, प्रवास विशेष राष्ट्रियका इन्चार्ज आङकाजी शेर्पा, तमुवान इन्चार्ज रुद्र गुरुङ लिम्बुवान इन्चार्ज खगेन्द्र माखिम, शेर्पालुङ राष्ट्रिय समितिका महासचीव महेश राना मगर,तमुवान राष्ट्रिय समितिका अध्यक्ष प्रा. मन बहादुर गुरुङ समाजवादी मगर संघका केन्द्रिय अध्यक्ष बोम दर्लामी, मगरात इन्चार्ज महेन्द्र जिसी निर्मल, शिल्पी विशेष राष्ट्रिय समितिका, अध्यक्ष राम काजी सिके, विद्यार्थी युनियन गण्डकी प्रदेश अध्यक्ष विषम भुजेल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष भिम मगराती लगायतका नेताहरुको सहभागिता रहेको थियो। कार्यक्रम मगरात सह इन्चार्ज खडक पामी आलेको संचालन तथा समितिको कार्यबाहक अध्यक्ष श्याम माया पुनको अध्यक्षता सप्पन्न भएको थियोे ।
News courtesy: https://www.magaratkhabar.com
Leave a Reply