जसपा प्रदेश १ ले गर्‍यो समिति पुनर्गठन

विराटनगर : जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ समितिको मंगलबार बसेको बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको छ।

सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई समितिको उपाध्यक्ष चयन भएका छन् भने मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएका छन्।

समितिको सचिवहरूमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन्।

बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्न प्रदेश इन्चार्जसमेत रहेका कार्यकारिणी समिति सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको छ।

पार्टी संगठन व्यवस्थित गर्न जिल्ला र १४ वटै जिल्लाअन्तर्गतका पालिकास्तरीय समितिहरुलाई आवश्यकताअनुसार गठन, पुनर्गठन गर्न गराउन पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ।

आसन्न स्ववियु निर्वाचनका सन्दर्भमा प्रदेशभित्रका सबै विश्वविद्यालय तथा क्याम्पसमा पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई सक्रिय बनाई आवश्यक समन्वय गर्न गणेश राईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*