पहिचान आन्दोलनलाई प्रवासबाट सबैखाले सहयोग गरिनुपर्छ –डा. लावती

न्यूयोर्क । गत ३० अप्रिल २०२३ का दिन कोशी प्रदेश नामाङकन गरेको विरूद्वमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज अमेरिकाले न्यूयोर्कमा श्रदाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सभामा अमेरीकामा क्रियाशिल पहिचानवादी विभिन्न सघ संस्था तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो । संघीयता र पहिचानको विषयका विज्ञ प्राधापक डा. महेन्द्र लावतीले नेपाल बहुजातीय, बहुभाषिक, बहुपहिचानयुक्त विविधतामा एकता भएको मुलक रहेको बताएका थिए ।

“तर केही सिमीत जातिहरूले राज्यसत्ताको दुरूपयोग गरी एकल जातीय राज्यसत्ता निर्माण गरी आफ्नो एकल पहिचान कायम गरी अन्य पहिचानहरूमाथीको क्रमबद्व आक्रमण रहेको र प्रदेश न १ मा भौगोलिक, ऐतिहासिक र जातीय आधारमा, किरात, लिम्बुवान, शेर्पालुङलगायत अन्य विभिन्न कोच, मेचेसहित विभित पहिचानलाई सम्बोधन गर्नु अपरिहार्य छ ।” डा. लावतीको थप भनाई थियो ।

“पूर्वी नेपालको बस्ती बस्तीबाट पहिचानको आन्दोलनलाई हामी प्रवासबाट सुक्ष्म तरिकाले हेरिरहेका छौ, त्यसप्रति हाम्रो नैतिक, वैचारिक र आर्थिक सहयोग र ऐक्यवद्वतासमेत रहने कुरा सहभागीहरूले प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।” डा. लावतीले भने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*