जसपाको अनुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव

राजविराज, १८ जेठ, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले जनताको हृदयको कुरा बुझेर राष्ट्रपति रामचन्द्र पोडेलले बुधबार नागरिककता विधेयक प्रमाणीकरण गर्नुभएको बताउनुभयो ।

अध्यक्ष यादवले रेशमलाल चौधरीको रिहाइलगायत काम समयमा सम्पन्न हुनु राम्रो पक्ष भएको बताउनुभयो । सङ्घीयता, समावेशी प्रतिनिधित्व, नागरिकता विधेयक राष्ट्रपतिद्वारा स्वीकृत र रेशम चौधरीको रिहाइ जस्ता उपलब्धि जसपा नेपालको विशेष पहलकदमीबाट सम्भव भएको उहाँको जिकिर थियो । पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिको सङ्घर्ष जारी राख्नको लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*