जसपा तेह्रथुमकाे पुनर्गठन, अध्यक्षमा सिङ्गक

१३ जनवरी, मियङ्लुङ । जनता समाजवादी पार्टी नेपालकाे तेह्रथुम जिल्ला कार्य समिति पुनर्गठन भएको छ । पुनर्गठनले लाेक बहादुर सिङ्गकलाई अध्यक्षमा चयन गरेको छ ।

शनिबार तेह्रथुमको मियङलुङमा भएको कार्यक्रमले सिङ्गकको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको थियाे । समितिका उपाध्यक्षद्वयमा सूर्य निङ्लेकु र सूर्य मादेन, सचिवमा देवेन्द्र खापुङ ‘सुर्केली’, सहसचिवमा राजकुमार तेयुङ ‘तरेबा’ र कोषाध्यक्षमा सुन्दरी लिम्बु निर्वाचित भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य प्रेमराज लाओतीकाे प्रमुख आतिथ्यमा भएको पुनर्गगठन कार्यक्रममा जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, उपाध्यक्ष सन्जय मेवाहाङ राई लगायतको नेताहरूको उपस्थिति रहेकोे थियो ।

News sources: www.nepaliSamachar.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*