जसपाको जहदा गाउँपालिका पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्लाअन्तर्गत जहदा गाउँपालिका पुनर्गठन भएको छ । पालिकाको वभनटोलीमा आयोजित भेलाबाट जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति पुनर्गठन भएको छ ।

समितिको उपाध्यक्षमा शालो साह, शम्भु यादव, सचिव आशनारायण राजवंशी, सहसचिव विन्दु टुडु र कोषाध्यक्षमा विजय साह चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

news sources: www.nepaliSamachar.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*