जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, २४ फागुन स् जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् । जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*