जसपाकाे मेचे स्वायत्त क्षेत्र समिति गठन

२५ फेब्रुअरी, चारआली(झापा) । जनता समाजवादी पार्टी, नेपालले मेचे स्वायत्त समिति गठन गरेको छ । प्रदेशभित्र थातथलाे खुलेका समुदायका लागि भन्दै मेचे स्वायत्त समिति गठन भएको हाे ।

झापाकाे मेची नगरपालिकास्थित लाउख्रीफारामा आठौं प्रदेश लिम्बुवान प्रदेश स्थापनाका लागि लिम्बुवान पुनर्जागरण अभियानअन्तर्गत जसपा, नेपाल मेचे स्वायत्त क्षेत्र समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओतीले बताए ।

जसपा, नेपाल केन्द्रीय राजनीतिक समिति सदस्य रेखा यादवकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रमले अग्निमाया मेचेकाे अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन गरेको छ । समितिकाे उपाध्यक्षहरूमा शंकर मेचे र सन्तलाल मेचे, सचिवमा पवनलाल मेचे, उपसचिवमा अजय मेचे, कोषाध्यक्षमा सुन्द्री मेचे छन् । सदस्यहरूमा रिता मेचे, पदश्री मेचे, रेनुका मेचे, भिना मेचे, मुनु मेचे, देवारी मेचे र बुन बुन मेचे छन् ।

कार्यक्रमका प्रमुख अथिति रेखा यादवले सामाजिक सास्कृतिक संरक्षण र आर्थिक विकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्माण गर्न संविधानमा नै व्यवस्था भएकोले मेचे स्वायत्त क्षेत्र निर्माण गर्न सदनमा आवाज उठाउने बताइ् । विशिष्ट अथिति खगेन्द्र माखिमले मेचेहरुको हक अधिकार सुनिश्चित गर्न, भाषा, संस्कृति र आफ्नो भुगोललाई संरक्षण गर्न मेचे स्वायत्त क्षेत्र हुनु पर्ने र त्यो राजनीतिक लडाइले मात्र प्राप्त हुने बताए ।

लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लाओतीले लिम्बुवान प्रदेशभित्र मेचे स्वायत्त क्षेत्रको सिङ्गो भूगोल पर्ने भएकोले नेपालको अबको आठौं प्रदेश लिम्बुवान प्रदेश सथापना सङ्गै मेचे स्वायत्त क्षेत्र पनि स्थापना हुने र त्यस्का लागि सङ्गठनिक शक्ति चाहिने हुन्दा राजनितिक रुपमै लिम्बुवान भित्र जसपा, नेपाल मेचे स्वायत्त क्षेत्र समिती गठन गर्नु परेको बताए । नव गठित समितिलाई लाओतीले सपथ ग्रहण गराएका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य सुन्द्री मेचेले बोलेका थिए भने कार्यक्रम सन्चालन पवन मेचेले गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु धनप्रसाद गुरुङ, राधा थापा र गंगा सेर्मा, केन्द्रिय सल्लाहकार अरुण शर्मा, प्रदेश सदस्यहरु केवलराम राई, शर्मिला आङदेम्बे र मिरा कार्की, लिम्बुवान राष्ट्रिय समिति मुख्यसचिव केदार धिमाल, लिम्बुवान कोषाध्यक्ष टुपेन्द्र येक्तेन, लिम्बुवान सदस्य फुङमा बोखिम, लिम्बुवान सल्लाहकार कालिबहादुर खेवाङ, भूतपूर्व सैनिक तथा प्रहरी महासंघ केन्द्रिय सचिव समर राई, झापा जिल्ला अध्यक्ष दिपेनवाला राई, जिल्ला उपसचिव धर्म गुरागाई, मेचीनगरपालिका अध्यक्ष ओमप्रकाश खापुङ, मेचे समाज सिवियारी आफात, नेपालका संस्थापक महासचिव कालू मेचे लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

News sources: https://nepalisamachar.com/?p=4026

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*