फेरि जसपामै फर्किए प्रदेश सांसद सिंह

माघ २७, २०८०,
राजबिराज — सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह शनिबार जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सप्तरीको बोदे बर्साइनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादब लगायतले प्रदेश सभा सदस्य सिंहलाई अबिर माला लगाई जसपामा स्वागत गरे ।

बिगतमा जसपामै रहेका प्रदेश सभा सदस्य सिंहलाई गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र भइ उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

– अबधेशकुमार झा, ekantipur

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*