दुबई,
जसपा प्रवास विशेष प्रदेश समितिका उपाध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा सन् २०२५ अगय्ट १८ तारिखमा बरदुबईमा भएको एक भेलाले प्रेमसागर लिम्बूको अध्यक्षतामा १३ सदस्यीय नेपाली सङ्घीय समाज, यूएईको पुनर्गठन गरेको छ ।
जसपाका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले उपाध्यक्ष द्वयमा शोभा शर्मा, भुपाल पौडेल, महासचिवमा धनकृष्ण किरात, सचिवमा भूमि मगर र कोषाध्यक्षमा दीपक गुरूङलाई चयन गरेको छ । यस समितिमा समाजका पूर्व अध्यक्षहरू सल्लाहकार रहने व्यवस्था गरेको छ ।
भेलालाई सम्बोधन गर्दै श्रेष्ठले प्रवासमा रहेर पनि देशप्रति जिम्मेवार नागरिकको रूपमा समर्पित भई पहिचान र अधिकारीको पक्षमा काम गर्नु भएकोमा धन्यवाद दिनु भयो । उहाँले समाजवाद उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको समानताका लागि सार्वभौम महत्को विषय भए पनि प्रत्येक देशका लागि आफ्नो मौलिक बाटो हुनुपर्ने भन्दै समाजवादका लागि नेपालको मौलिक बाटो सङ्घीय समाजवाद भएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि कृष्णबहादुर घःजु, विशेष अतिथिहरू शाक्य सुरेन, सुशीला शाक्य, खगेन्द्र बहादुर जोशी तथा सङ्घीय परिषद् सदस्य सुजन भण्डारीले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।
Leave a Reply