मिति : २०८२।०९।२९ गते
प.सं. २०८२।०८३
च.नं. १८
प.सं. २०८२।०८३
च.नं. १८
बिषय : पार्टी परिपत्र ९
जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८२ साल पुस १३ र १४ गते ललितपुर, ललितपुर महानगरपालिका, वडा नं. ७, ग्वार्कोचोकस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष अशोक कुमार राईको अध्यक्षतामा बस्यो । उक्त बैंठकले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न गराउन यो परिपत्र जारी गरिएको छ ।
निर्णयहरु
१. कार्यसूची नम्बर एक माथि छलफल गर्दा जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिका नयाँ सदस्यहरु र केही केन्द्रीय सदस्यहरुलाई निम्नानुसारको जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरियो ।
तपशील : जिम्मेवारी बाँडफाँड
१ के सम्पर्क समिति ईन्चार्ज आरसी (रामचन्द्र) लिम्बु
२ शिक्षा विभाग ईन्चार्ज राधा तिमिल्सना
३ पार्टी स्कुल विभाग ईन्चार्ज भीम राई
४ प्रदेश नं १ ईन्चार्ज शरण (रमेश) राई
५ आदिवासी जनजाति ईन्चार्ज निर्मला लिम्बु
६ सुदुर पश्चिम प्रदेश ईन्चार्ज हेमन्त माण्डव्य
७ मगरात ईन्चार्ज निर्मल जिसी
८ गण्डकी प्रदेश ईन्चार्ज धनप्रसाद तामाङ
९ खेलकुद महासँघ ईन्चार्ज जुनु पुन मगर के. सदस्य
१० नेपाली समाज (प्रवास) ईन्चार्ज भगवान चाम्लिङ के. सदस्य
११ खोटाङ जिल्ला ईन्चार्ज मानबहादुर राई के. सदस्य
१२ के सम्पर्क समिति सहईन्चार्ज राकेश राई के. सदस्य
१३ ईन्चार्ज लिम्बुवान राष्ट्रिय समिति/सहईन्चार्ज १नं. प्रदेश समिति विनोद नेम्बाङ के.सदस्य
१४ ईन्चार्ज किरात राष्ट्रिय समिति/सहईन्चार्ज १नं. प्रदेश समिति गोपाल कुमार राई के.सदस्य
२. कार्यसूची नम्बर दुई माथि छलफल गर्दा प्रतिनिधिसभा २०८२को निर्वाचनको तयारी सम्बन्धमा निम्नानुसारको जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरियो । (क) जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचनको लागि प्रस्तुत गरिने समानुपातिक र प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली तय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष अशोक कुमार राई र महासचिव मोहम्मद इस्तियाक राईलाई दिने निर्णय गरियो । (ख) निर्वाचन प्रयोजनको लागि कोष अर्थ संकलन गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य रमेश राई र केन्द्रीय अनुशासन आयोग अध्यक्ष पानबहादुर घर्तीलाई दिने निर्णय गरियो । (ग) पार्टीको चुनावी घोषणा पत्र मस्यौदा गर्ने जम्मेवारी कार्यकारिणी सदस्य मनिकर कार्कीको संयोजकत्वमा कार्यकारिणी सदस्य भीम राई र केन्द्रीय विज्ञ परिषदको अध्यक्ष दिपेन्द्र (मुक्कुम) नेम्बाङलाई दिने निर्णय गरियो ।
३. कार्यसूची नम्बर तीन माथि छलफल गर्दा जनता समाजवादी पार्टीको समानुपातिक तर्फका उम्मेदवारहरुको चयन गर्ने, बन्द सूची तयार गरी निर्वाचन आयोगमा पेश गर्ने र निर्वाचन आयोगमा अन्तिमसम्म समन्वय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष र महासचिवलाई दिने निर्णय गरियो । निर्वाचन आयोगमा पेश गरिने बन्दसूचीमा हस्ताक्षर गर्ने अख्तियारी पार्टी अध्यक्ष अशोक कुमार राईलाई दिने समेत निर्णय गरियो ।
४. कार्यसूची नम्बर चारको विविध अन्तर्गत तीन दल (जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालको सहकार्यलाई व्यवस्थित गर्ने जिम्मेवारी पार्टी अध्यक्ष र महासचिवलाई दिने निर्णय गरियो ।
५. कार्यसूची नम्बर चारको विविध अन्तर्गत जनता समाजवादी पार्टीको केन्द्रीय समिति र संघीय परिषदमा तपशील बमोजिम थप गर्ने निर्णय गरियो ।
तपशील : केन्द्रीय समिति सदस्यहरु
१ जीवन खाती, म्याग्दी २ राम तामाङ, नवलपुर ३ जुना गैह्रे, गोर्खा ४ निसा गुरुङ, स्याङ्जा ५ अर्जुन गुरुङ, तनहु ६ सुन्दर तामाङ, कास्की ७ पदम परियार,सुप ८ हेमराज माण्डव्य, सुप ९ आरती चौधरी, सुप १० राधा मगर, सुप ११ गंगा ब घर्तीमगर, बाग्लुङ १२ हेपबहादुर थामी, दोलखा १३ ललित बहादुर मगर, दोलखा १४ राजन भुसाल रुपन्देही १५ गौरीकुमार खत्री ललितपुर/उदयपुर १६ हरी दाहाल अमेरिका (प्रवास) १७ मोहम्मद नसरुल मिया मोरङ १८ विक्रम सिल्वाल काठमाडौं/नवलपरासी
१९ प्रभातमान योगी काठमाडौं/दाङ २० गजेन्द्रमान श्रेष्ठ काठमाडौं २१ सरिता साह काठमाडौं/रौतहट २२ दयाराम राई काठमाडौं/खोटाङ २३ चन्द्रप्रसाद लम्साल धादिङ २४ महेशकुमार अग्रवाल काठमाडौं २५ सीताकुमारी केसी दाङ २६ भीमजंग शाह बाँके २७ मोहम्मद महवुव अलि पर्सा २८ पल्टन प्रसाद कुर्मी पर्सा २९ सुरेशसिंह ठाकुर ३० नन्द याम्फु मोरङ
केन्द्रीय निकाय सदस्य १ बच्चु राई खोटाङ – केन्द्रीय अनुशासन समिति
तपशील : सङ्घीय परिषद सदस्यहरु
१ कौषी दमाइ कैलाली २ राजेश यादव कैलाली ३ रेजीना भण्डारी चौधरी कैलाली ४ नैनामती चौधरी कैलाली ५ शिवबहादुर विष्ट बझाङ ६ विष्णु धानुक बैतडी ७ सागरदेवी चौधरी कैलाली ८ मोहन टमाटा डडेल्धुरा ९ भीम मगराती गण्डकी १० शर्मिला मगराती गण्डकी ११ मधु गुरुङ गण्डकी १२ मिना नेपाली कास्की १३ मञ्जु अधिकारी काठमाडौं १४ सावित्रीदेवी कुँवर काठमाडौं
१५ हर्कबहादुर तामाङ सिन्धुपाल्चोक १६ गुरुप्रसाद मिश्रा बाँके १७ बसन्त कनोजिया बाँके १८ सिताराम गोडिया बाँके १९ जुनेद कादरी बाँके २० धर्मराज बर्मा बाँके २१ आदित्य बर्मा बाँके
अशोक कुमार राई
अध्यक्ष, जनता समाजवादी पार्टी
Leave a Reply