विज्ञप्ति २०८२।१०।०९ गते रेशम चाैधरीबारे ।

मिति २०८२।१०।०९ गते

विज्ञप्ति

पहिचान प्राप्तिको संघर्षका एक सशक्त महारथी नागरिक उन्मुक्ति पार्टीका संस्थापक, अहिले संरक्षक पूर्व सांसद रेशमलाल चौधरी थारूको उमेदवारी अस्वीकार गरिएको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ । यो विलकुलै असंबैधानिक, प्रतिशोधपुर्ण र अलोकतान्त्रीक हर्कत हो । हामी यसको विरोध एवं भर्त्सना गर्दछौं ।

यो घटनामा पहिचानको लागि लडीरहेका तीन वटा पार्टीहरू जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालले एकल चुनाव चिन्ह जाँतो(चकिया)मा चुनाव लड्ने निर्णयबाट इर्ष्यालु बनेका कुतत्वहरुको षडयन्त्रको दुर्गन्ध पनि आइरहेको अनुभव भएको छ । निष्पक्ष निर्वाचन सम्पन्न गर्न यसप्रकारका गतिविधिलाई निर्वाचन आयोगले सच्याउने छ भन्ने विश्वास लिएका छौं । अन्यथा यसबाट उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवारी सम्बन्धितहरुले लिनुपर्ने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*