जसपाको अन्तर्राष्ट्रीय सम्बन्ध विभाग गठन

काठमाडौँ, २९ जेठ, जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको अध्यक्षतामा विभाग गठन गरेको छ ।

उहाँका अनुसार उक्त बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ । यसैगरी, विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बू, पवन राय र विनोद पौडेल रहनुभएको सो पार्टीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*